भूकम्पले रुकुम-पश्चिममा मृत्यु हुनेमा अधिकांस बालबालिका

सुर्खेत : जाजरकोटको रामीडाँडा केन्द्र भएर शुक्रबार राति गएको भूकम्पमा परी रुकुमपश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ मृतकको पहिचान खुलेको छ। मृत्यु हुनेमा अधिकांस बालबालिकाहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ जनामध्ये १९ जना बालबालिका छन्।
मृतक बालबालिकामा सानीभेरी गाउँपालिका–२ का १२ वर्षिय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन्।
सोही गाउँपालिका–४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ। आठविसकोट नगरपालिका–११ गौरी गाउँका १८ महिनाकी एलिसा कामी, चार वर्षीय आशा कामी, ६ वर्षीय दिया कामी, नौ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ । यस्तै सोही नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, वडा नम्बर १४ का तीन वर्षीय बासु बुढा, पाँच वर्षीय भावना जैसी, दुई वर्षीय दिपेन जैसी, १३ वर्षीय सरिता विक, १३ वर्षीय मदन गौतम छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.