गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय पुरुषको मृत्यु

अत्तरिया : कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल दुर्घटना हुँदा खडकबहादुर विष्टको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरिया कैलालीका अनुसार शुक्रवार राति पहाडदेखि तराइ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकलका चालक डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय विष्टको अस्पतालमा मृत्यु भएको छ। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान मृत्यु भएको हो। दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.