कांग्रेसले भूकम्पपीडितका लागि ५० लाख दिने

काठमाडौँ : नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिलसमेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। शुक्रबार राति ११ : ४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मात्रामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्।

कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघसंस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.