धनगढी, १८ कार्तिक : सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।
आज शनिबनर बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रि परिषदको बैठकले घाईतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्रि कमलबहादुर शाहले आज बिहान आयोजित पत्रकार सम्मेलनमा घाईते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया र घाईतेहरुको उपचारका लागि चिकित्सक सहित २० जनाको स्वास्थ्य टोली पठाउने जानकारी दिए । मुख्यमन्त्रि शाहका अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने छ ।
सम्बन्धित पाेस्टहरु