
धनगढी : कैलालीको धनगढीमा यही मंसिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् । मंगलबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको छ ।
प्रधानमन्त्री दाहालले पनि उद्योग वाणिज्य सङ्घ कैलालीको निम्तोलाई स्वीकार गरेको अध्यक्ष कुँवरले बताए। निमन्त्रणा कार्यक्रममा संघका उपाध्यक्ष मनोज अग्रवाल लगायत प्रतिनिधिको सहभागिता रहेको थियो । सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ ।
