अत्तरिया : जनता समाजवादी पार्टीको सुदूरपश्चिम समिति पुनर्गठन भएको छ । भगतराम चौधरीको अध्यक्षतामा प्रदेश समिति पुनर्गठन भएको हो ।
प्रदेश इन्चार्ज गोविन्द चौधरीको संयोजकत्व, सहनचार्ज भीम बहादुर थापा र राजनीतिक समिति सदस्य मालमती रानाको सहजीकरणमा ३८ सदस्यीय समिति चयन भएको हो ।
प्रदेश समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल र संगम सक्सेना, मुख्य सचिव राजु बम, सचिव दलबहादुर घर्तीमगर र दिपेश तिमिल्सैना जैसी रहेको प्रदेश इन्चार्ज गोविन्द चौधरीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।