अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

अत्तरिया : अछाममा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-४ को तोल्केखालमा बुधबार अटो सुपप्र ०१००१ ह ५५४५ नम्बरको अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका अटो चालक पञ्चदेवलकै २३ वर्षीय दिपक बोहरा र अटोमा सवार २६ वर्षीय जनक खड्काको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

दुर्घटनामा परी अटोमा सवार पञ्चदेवलकै २१ बिरेन्द्र बिष्ट, २३ वर्षीय लक्ष्मण थापा, देवेन्द्र बिष्ट र दिनेश साउद घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीब्र गतिमा रहेको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.