कैलारी गाउँपालिका एक सब ओभरसियर कर्णालीमा बेपत्ता

अत्तरिया : कैलालीको कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरी एक हप्तादेखि बेपत्ता छन्। जिल्लाको टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा बेपत्ता भएका हुन्। चौधरीको एक हप्तादेखि शव फेला परेको छन्।

गौरीगंगा नगरपालिका वडा नम्बर ८ बढैपुरका चौधरी कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए। आफन्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरूले एक सातादेखि चौधरीको खोज तलास गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय, टीकापुरका अनुसार उनी कात्तिक २५ गते कर्णालीमा बेपत्ता भएका हुन्। साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.