अत्तरिया : अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको वार्षिक एवम् नियमित १४ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
शनिवार संस्थाले एक कार्यक्रम गरेर सभा सम्पन्न गरेको हो । पुस्तकालयका सभापति पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी रहेका थिए ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष कृष्ण पनेरु वञ्चित, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवम् गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट, वडा नं ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल रहेका थिए । पुस्तकालयका कार्य समिति सदस्य नरेन्द्रराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजबहादुर कडायतले गरेका थिए ।
साधारण सभाको बन्दसत्रमा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गत आर्थिक बर्षको प्रगति प्रतिवेदन तथा आगामी आवको अनुमानित कार्य योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष धर्मसिंह कुँवरले गत आवको आय–व्यय विवरण तथा आगामी आवको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाकार समिति सदस्य कार्य समिति सदस्य, भूतपूर्व कार्य समिति सदस्यहरु, दानदाता सदस्य तथा आजीवन सदस्य गरी जम्मा सय जनाको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण आजीवन सदस्यहरुले उक्त लेखा प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्व सम्मतिले अनुमोदन गरेका थिए ।
साधारण सभामा पुस्तकालयका ५ जना नियमित पाठकहरु लयायत समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा पु¥याउने ८ जना सम्मानित गरिएको थियो ।
सम्माति हुनेमा अत्तरिया बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्ट, अत्तरिया खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष टिकादत्त जोशी, अत्तरिया उद्योेग वाणिज्य संघका संस्थापक अध्यक्ष वसन्त रोकाया (ललित) गोदावरी न.पा.–४ स्थित हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर शाही, गोदावरी न.पा.–२ वनदेवी स्थित ग्वासी समैजी देवस्थल सम्भार केन्द्रका अध्यक्ष चन्द्रबहादुर मडै, अत्तरिया स्थित कृषि उपज थोक बजार समितिका संस्थापक अध्यक्ष नन्दलाल भट्ट, गो.न.पा.२ अत्तरिया निवासी शिक्षा प्रेमी एवम् समाजसेवी व्यक्तित्व दामोदर रिजाल र गो.न.पा. २ क्याम्पसटोल निवासी लेखराज जोशी हुन् ।
यस्तै सम्मानित हुनेहरुमा नियमित पाठक तर्फ गो.न.पा.१ आदर्शटोल निवासी उमाकान्त रोस्यारा, गो.न.पा.४ बास्कोटा निवासी लिलाधर जोशी, गो.न.पा.४ बास्कोटा निवासी टेकराज भण्डारी, गो.न.पा.२ उत्तर वनखेत निवासी बमबहादुर मल्ल, गो.न.पा.४ बास्कोटा निवासी तुर्णबहादुर शाही रहेका छन् ।
सम्बन्धित पाेस्टहरु