
अत्तरिया : जाजरकोटका भूकम्प पीडितलाई कैलालीको गोदावरी नगरपालिकाले सहयोग हस्तान्तरण गरेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय जाजरकोटको आपूर्ती समिति मार्फत भूकम्प पीडितलाई सहयोग हस्तान्तरण गरेको हो । नगर प्रमुख विरेन्द्र भट्ट आफै प्रभावित क्षेत्रमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।
ज्याकेट ९८ थान, जुत्ता ७६ जोरी, चप्पल ४२ जोरी, साडी १०५ थान, पाइन्ट ७८ थान, हाइनेक २५ थान, ट्राउजर ८० थान, छडी ६० थान, मोजा ७० जोरी, बच्चाको सेट कपडा ३१० थान, लेडिज कपडा १४० थान, झोला १९ थान र टिसर्ट ८० थान लगायत सामग्रीहरु हस्तारन्तण गरेको जनाएको छ । ७ लाख बराबरको कपडा सहयोग गरिएको हो ।
उक्त सामग्री सँगै नगरपालिका कार्यालयका तर्फबाट १ लाख र नगरप्रमुख विरेन्द्र भट्टले व्यक्तिगत रुपमा आफ्नो २ महिनाको पारिश्रमिक भुकम्प प्रभावितहरुका लागि प्रदान गरेका छन ।
