Agni Offset Press

सेती प्रादेशिक अस्पतालमा सिकलसेलको परीक्षण निःशुल्क

Aarati simant

अत्तरिया : सेती प्रादेशिक अस्पतालले अबदेखि सिकलसेल एनिमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ ।
प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनिमियासम्बन्धी निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) को निःशुल्क गरिने जनाएको हो ।
प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि शुल्क सिकलसेलका बिरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘अस्पतालको सामाजिक सेवा एकाइ (कोठा नम्बर २४) बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ ।’ सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ । यसअघि अस्पतालले सिकलसेल परीक्षण गराउने विरामीबाट एक हजार शुल्क लिँदै आएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.