कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम माग्ने दुई जना पक्राउ

अत्तरिया : कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ भिमदत्त नगरपालिका–३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भएर महेन्द्रनगर बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेव जोशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले उनीहरुले बेदकोट नगरपालिका–७ को लालपुर सहित कञ्चनपुर जिल्लाभर सर्वसाधारण तथा व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम असुली गर्ने गरेको पाइएको बताए ।

उनीहरुले फोन तथा म्यासेज गरेर ज्यान मार्ने धाक, धम्की दिदै रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई विषेश सुचनाका आधारमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी डाँगीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.