काठमाण्डौँमा भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

काठमाण्डौँ : बिहीबार अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। भोलि राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन्।

सोही प्रदर्शनले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न हुने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन अनुरोध गरेको हो। उक्त प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.