अत्तरिया : एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारणमा रोक लगाएको छ । ‘ब्राभो डेल्टा शो’ नामक कार्यक्रमका लागि भूषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारणमा रोक लगाएको हो ।
दाहालले व्यवस्थापनको हवाला दिँदै कार्यक्रम प्रसारण नहुने जानकारी उनलाई दिइएको एक्समा उल्लेख गरेका छन् । वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु,’ दाहालले लेखेका छन् ।
कार्यक्रम आज राति ९ बजे प्रसारण हुने तालिका थियो । आज दिउँसो दाहालले एक्समा राखेको अन्तर्वार्ताको क्लिपमा प्रसाईंले देशको व्यवस्था परिवर्तन हुनुपर्ने विषयलाई जोड दिएका छन् ।