धनगढीमा अनलाइनबाट ठगी गर्ने गिरोहका ९ जना पक्राउ, प्रहरी द्वारा सार्वजनिक

अत्तरिया : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुलाई बुधबार राति सार्वजनिक समेत गरेको छ ।

धनगढी उपमहानगरपालीका–५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार समेतले अवैध रुपमा सञ्चालन गरेको आईटी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा डोटीको सिखर नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार रहेका छन् ।

यस्तै भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु, कञ्चनपुरको पुर्नवास नगरपालिका ६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका २ बस्ने ३० को विशाल सुनार, २८ को कमल सुनार र २२ वर्षीय जयराम सुनाररहेको डीएसपी चन्दले बताए । उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत बिषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट मोबाइल, ल्यापटप, लगायतका सामग्रीहरु समेत बरामद् गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.