आज काठमाण्डौँमा दुर्गा प्रसाईंको अगुवाइमा चक्रपथका ८ स्थानबाट हुँदैछ प्रदर्शन

अत्तरिया : मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले मंसिर ७ गते गर्ने प्रदर्शनको कार्यसूची सार्वजनिक गरेको छ।

काठमाडौंको बल्खुमा हुने उक्त कार्यक्रमका लागि आठवटा रुट तय भएको अभियानका सह–प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए। धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने सो समितिले जनाएको छ। बिहान सवा १० बजेबाट र्‍याली सुरु हुने बताइएको छ।

विभिनन ७ वटा स्थानबाट सुरु भएको र्‍याली बल्खुमा गएर सभामा परिणत हुने माण्डव्यले बताए। प्रसाईंबाहेक सभामा सम्बोधन गर्ने अन्य व्यक्तिहरूको नाम अझै टुंगिएको छैन।
यी हुन भेला हुने स्थानहरूः
१० परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी
२० गंगबु चोक
३० स्वयम्भु
४० कलंकी
५० जावलाखेल
६० सातदोबाटो
७० त्रिवि प्रवेशद्वार अगाडि
८० चाबहील

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.