आईएसओ मान्यता प्राप्त सडक बत्ती मात्र जडान गर्न वडालाई धनगढी उपमहानगरको अनुरोध

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले १९ वटै वडालाई आईएसओ मान्यता प्राप्त सडक बत्ती मात्र जडान गर्न अनुरोध गरेको छ । बिहीबार एक सुचना जारी गर्दै उपमहानगरपालिकाले यस्तो अनुरोध गरेको हो ।
वडाहरूले वडाको बजेटबाट सूचना आह्वान गरी जडान गर्न खरिद भएका बल्बहरू गुणस्तर नभएको विषय उपमहानगरपालिकालाई जानकारी भएकाले उपमहानगरपालिकाको त्यसमा ध्यानाकर्षण भएको सुचनामा जनाएको छ ।
उपमहानगरपालिकाले विद्युतीय सामग्री खरिद तथा जडान गर्दा तोकिएको स्पिेसिफिकेसन अनुसार आईएसओ मान्यता प्राप्त सडक बत्तीहरू\बल्बहरू खरिद तथा जडान गर्न अनुरोध गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती द्वारा हस्तारित पत्र\सुचनामा जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.