अत्तरिया : कञ्चनपुरको महेन्द्रनगरस्थित पार्कमा भीमदत्त पन्तको शालिक तोड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १८ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपाले आज (शनिवार) कञ्चनपुर बन्द गर्ने घोषणा गरेको छ ।
शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द घोषणा गरेको हो । भ्रष्टाचारका विरुद्ध, हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनर स्थापना र संयीताको खारिजिको माग गर्दै शुक्रबार गरिएको प्रदर्शनमा भीमदत्त पार्कमा राखिएको भीमदत्त पन्तको शालिक तोडफोड गरिएको थियो । सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका १८ जना युवा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेको १८ जनालाई गतेसम्म रिहाइ नहुन्जेलसम्म अनिश्चितकालिन बन्द गर्ने समेत घोषणा गरेको छ ।