अत्तरिया : ताप्लेजुङमा पहिचानवादी समूहका नेता–कार्यकर्ताले नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको निवास अगाडि कालो झण्डा देखाएका छन्। नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका सचिव भट्टराईलाई उनकै निवास अगाडि कालो झण्डा देखाउँदै नाराबाजीसमेत गरेका हुन् ।
प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता–कार्यकर्ताबीच ठेलमठेलसमेत भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई पक्षबीच भिडन्त हुनबाट रोकेको थियो। पहिचान पक्षधरले एमाले कार्यालयअगाडि पनि प्रदर्शन गरिरहेका छन्।