धनगढीका शेख मुनिर जिल्ला प्रशासन भित्रैबाट पक्राउ

अत्तरिया : कैलालीस्थित धनगढीका शेख मुनिर अहमदलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालका अनुसार उनी जिल्ला प्रशासन कार्यालयबाट आइतवार पक्राउ परेका हुन् ।
पालका अनुसार उनी पुरानो मुद्दाको बयानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका थिए । गाडी कब्जा गरेको अभियोग लागेका अहमद बयानका लागि जिल्ला प्रशासन कार्यालय, कैलालीमा हाजिर भएका थिए । बयानपछि जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनुवा कक्षमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा उनी विरुद्ध पुराना मुद्दाहरु छन् । पुराना मुद्दाको फाइलहरु खोल्न सुरु गरेको पालले बताए । उनले अन्य पीडितहरूलाई समेत जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गर्न भनेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.