कञ्चनपुरको कृष्ण माविको प्राचार्यमा चन्द्रदेव जोशी नियुक्त

अत्तरिया : सुदूरपश्चिमको पुरानो मध्येको एक श्रीकृष्ण मावि कृष्णपुर गुलरियाको प्रअमा चन्द्रदेव जोशी नियुक्त भएका छन्। आइतबार उमेर हदका कारण सो विद्यालयका प्राचार्य गोपालदत्त बडू सेवा निबृत्त भएपछि विद्यालय व्यबस्दापन समितिले मावि स्थायी शिक्षक तथा सहायक प्रअ चन्द्रदेव जोशीलाई प्रअको जिम्मेबारी सुम्पेको व्यबस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए।
लेखा शास्त्रका मावि शिक्षक चन्द्रदेव जोशी बिगत अठ्ठाइस वर्षदेखि श्रीकृष्ण माविमा कार्यरत छन्। उनले त्रिविबाट एम एड र बिकम गरेका छन्।

प्रअको जिम्मेबारी पाएपछि उनले संक्षिप्त प्रतिक्रिया दिदै विद्यालयको विकासका लागि आफू सकृय रहने बताए। नवनियुक्त प्रअ जोशीका सामु विद्यालयमा विद्यार्थीको संख्या बढाउनु, शैक्षिक गुणस्तर उकास्नु, हाल चलिरहेका टेक्स र डिप्लोमा कार्यक्रम निरन्तर राख्नु, विज्ञान संकायलाई जोगाउनु, प्राथमिक तहमा अङ्ग्रेजी माध्यमको पठन पाठन थप व्यबस्थित गर्नु, अन्य पालिका जस्तै निजी स्रोत शिक्षकलाई नगर शिक्षकमा व्यबस्थापन गर्नु र विद्यालयको भौतिक, प्रशासनिक र आर्थिक व्यबस्थापन चुस्त राख्नु मुख्य चुनौति छ। जोशीले सबैलाई समेटेर संस्थागत हितमा आफू अगाडि बढ्ने र बिना पूर्वाग्रह विद्यालयको समृद्धिका लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.