अत्तरिया : नेपालमा पहिलो पटक हुन लागेको डेउडा आइडलको तयारी तिब्र पारिएको छ। देउडा साँस्कृतिक मञ्च नेपालले आयोजना गर्न लागेको डेउडा आइडल–२०८० को तयारी तिब्र पारिएको हो।
मञ्चले आइडल सञ्चालनका लागि प्रदेश,जिल्ला र स्थानीय तहमा संयोजन समिति गठन गर्न लागेको छ। मञ्चले आइतबार धनगढीमा आयोजना गरेको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा युवराज न्यौपानेको संयोजकत्वमा लालबहादुर धामी,नरेन्द्र ढुंगाना,प्रेम चन्द,राकेश बुढा सदस्य रहने गरी सुदूरपश्चिम प्रदेश संयोजन समिति गठन गरेको छ। त्यस्तै जिल्लामा संयोजनका लागि संयोजक तोकेको छ।
मञ्चले दार्चुलामा महेन्द्र बडू, बैतडीमा सीपी लोहिया,बाजुरामा हर्क कठायत,डडेल्धुरामा लोकेन्द्र ओझा,कञ्चनपुरमा दुर्गा जोशी भट्ट,डोटीमा तेज डुम्रेल,बझाङमा कटक नेपाली र अछाममा राकेश बुढा संयोजक तोकेको छ। कर्णालीमा पनि छिट्टै संयोजन समिति गठन गरेर काम अघि बढाइने जनाइएको छ। अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालको खस संस्कृतिको संगीतबद्ध संस्कृति देउडा संस्कृति भएको बताउँदै यसको जगेर्नाका लागि सबैले लाग्नुपर्ने बताए।
सम्बन्धित पाेस्टहरु