जनगुनासो सुनवाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

अत्तरिया : कैलालीको धनगढीमा जिल्लास्तरीय जनगुनासो सुनवाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एवार्ड नेपालको आयोजनामा धनगढीमा मंगलवार जिल्ला स्तरीय जनगुनासो सुनवाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
एवार्ड नेपालका अध्यक्ष जयबहादुर विश्वकर्माले प्रदेश सरकारको हेलो सिएम र धनगढी उपमहानगरपालिकाको नमस्ते मेयर कार्यक्रमको प्रचार–प्रसार गर्न उद्देश्यले जिल्ला स्तरीय जनगुनासो सुनवाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

यस एपलाई नागरिक सम्म पुगाउने र आफना गुनासोलाई सजिलै राख्न सकुन भनरे युवाहरुसँग अभिमुखिकरण गरेको उनले बताए । एपले जनप्रतिनिधी र नागरिकको बिचको दुरीलाई पनि कम गर्न मद्दत पुग्ने उनले बताए । अब नागरिकले एप मार्फत बढी भन्दा बढी गुनासो गर्न सकने उनले विश्वास समेत लिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.