Agni Offset Press

धनगढीले किन्यो लोडर र टिप्पर

Aarati simant

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ तीन वटा लोडर र छ वटा टिप्पर खरिद गरेको छ । उपमहानगरपालिकाले ग्राभेल गर्न तथा खोलानाला अतिक्रमण हटाउन आफ्नै लोडर र टिप्परको संख्या बढाएको हो ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०\८१ मा खोलानाला तालहरूमाथि भएको अतिक्रमण हटाउन, पुनर्भरण पोखरी निर्माण र १९ वडाका ग्राभेल गर्नुपर्ने सडकहरूमा ग्राभेल गर्नका लागि लोडर टिप्पर खरिद गरेको हो ।
उपमहानगरपालिकासँग दुई पुरानो र पाँच नयाँ गरी सात वटा लोडर तथा तीन पुरानो र आठ नयाँ गरी जम्मा ११ वटा टिप्पर रहेको नगरप्रमुख गोपाल हमालले बताए । उनका अनुसार उपमहानगरपालिकाद्वारा लोडर र टिप्पर उपलब्ध गराई वडाबाट गाडीको इन्धन, रोयल्टी र चालक खाना उपलब्ध गराएर १९ वटैमा ग्राभेल भइरहेको छ ।
विगतमा ग्राभेल गर्नका लागि समेत टिप्पर अभावका कारण धेरै समय कुर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै धनगढीका नागरिकलाई यसले छिटो सेवा दिन मद्दत पुग्ने बिश्वास व्यक्त गरे ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.