कञ्चनपुरमा घर बनाउने क्रममा सिढी खसेर ठेकेदारको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा घर बनाउने क्रममा सिढी खसेर ठेकेदारको मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाँडी गाउँपालिका–३ बैवाहाका ठेकेदार तथा मिस्त्रीसमेत रहेका २८ वर्षीय सन्तोष डगौराको मृत्यु भएको बेलडाँडी गाउँपालिका–३ का वडाअध्यक्ष दुर्गाप्रसाद चौधरीले बताए।

मंगलवार मत्यु भएको सन्तोषको शव पोस्टमार्टमका लागि कञ्चनपुरको महाकाली अस्पतालमा राखिएको वडाअध्यक्षले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.