परराष्ट्र मन्त्री साउद कतार जाने, बिपिन जोशीको रिहाइको पहल गर्ने

काठमाडौं : परराष्ट्र मन्त्री एनपी साउद दोहा २१औं फोरममा सहभागी हुन कतार जान लागेका छन् । उनी यही मंसिर २३ गते कतार जान लागेको मन्त्री साउदको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्री साउदले इजरायलमा हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ ।

साउदले बुधबार बिहान महेन्द्रनगरमा विपिनका बुवाआमालाई भेटेर आफू उनको रिहाइको थप पहल गर्न कतार जान लागेको बताएका छन् । यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.