एमालेको पालाको विकास देखेर विश्व चकित थियो, अहिले सबै रोकियो : ओली

अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा विकास र समृद्धि रोकिएको टिप्पणी गरेका छन् । मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटनको लागि बैतडी पुगेका अध्यक्ष ओलीले हिजोका सबै विकासका गति रोकिएको बताएका हुन् । एमाले नेतृत्वको सरकारले गरेको बिकास देखेर विश्व जगत नै आश्चर्यचकित भएको ओलीको भनाइ थियो ।

‘विश्व नै चकित थियो नेपालको विकास देखेर । विश्व बैंकले उदाउँदो तारा हो नेपाल भनेको थियो’, ओलीले भने, ‘तीव्र गतिमा विकास भएका १० देशमा नेपाल पर्छ भनिएको थियो ।’ २०७२ सालमा गएको भूकम्पले ध्वस्त पारेका घरहरुको पुनर्निर्माणले विश्वले प्रसंशा गरेको र कोभिड संक्रमणका बेला गरिएको पहल र क्रियाकलापले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपालको प्रशंसा गरेको ओलीले बताए । ती सबै सुधारको प्रयास देखेरनै असंवैधानिक ढंगबाट सरकार ढाकिएको ओलीको जिकिर थियो ।

पहिले एक वर्षमा १० किलो मिटर सडक कालोपत्र हुन्थ्यो । हामिले दैनिक ५ किलोमिटर सदक बनायै । पहिले एक वर्षमा भएको काम हामिले २ दिन मा गरेका थियौं उनले भने विकासको गति देखेर एमालेको सरकार असंवैधानिक ढंगबाट ढालियो । अहिले मुलुकको अवस्था जर्जर बन्दै गइरहेको उनले बताए । ‘अहिलेको सरकारले सुशासन, विकास र रोजगारी दिन सकेको छैन । राम्रो शिक्षा दिन सकेन । उद्योग बन्द हुँदैछ । व्यापारीमा उत्साह छैन कमिसन तन्त्र हाबी भयो । देश राजनीतिक हिसाबले अस्थिरता र अराजकतर्फ गएको छ’, ओलीले भने । हिजो कैलाली पुगेको ओली आज बैतडी पुगेका हुन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पुगिसकेका छन् ।

भोलि बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ  । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् । यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ ।

सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने एमालेले तयारी गरेको छ । प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.