शिक्षक दरबन्दी कटौती भएपछि विद्यार्थी आन्दोलित

अत्तरिया : कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयमा भएको शिक्षकको सरुवा गरिएको विरोध र आवश्यक शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।
आन्दोलनरत विद्यार्थीले बुधबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन् । उनीहरूले धनगढी उपमहानगरपालिकाको गेटमा तालाबन्दीसमेत गरेका थिए । विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी थप्नुपर्नेमा कटौती गरेर भएका शिक्षक पनि सरुवा गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए ।
उनका अनुसार त्रिनगर माध्यमिक विद्यालयमा नौ जनाको दरबन्दी रहेको थियो । एउटा दरबन्दी कटौती गरिएपछि आठ जना शिक्षक कार्यरत छन् । विद्यालयमा दुई हजार ३८० जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.