एमाले अध्यक्ष ओलीले गरे प्रसिद्ध निङ्गलाशैनी भगवतीको दर्शन

अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवतीको दर्शन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राको उद्दघाटनका लागि बुधबार बैतडी पुगेका अध्यक्ष ओलीले देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवतीको दर्शन गरेका हुन् ।

मन्दिरको सन्ध्याकालिन आरतीमा समेत सहभागी भएका ओलीलाई भगवतीको प्रसाद स्वरुप तामाको गाग्री प्रदान गरिएको छ । ओलीले मन्दिरमा पूजापाठ समेत गरे । एमाले अध्यक्ष ओलीसंगै केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरुले समेत निङ्गलाशैनी भगवतीको दर्शन गरेको एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । ओलीले बिहीबार आज बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको उद्घाटन गर्दैछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.