विद्यार्थीको भविश्य निर्माणका लागि शिक्षकसँगै अभिभावकले समय दिनु जरुरी छ : नगरप्रमुख भट्ट

अत्तरिया, १४ मंसिर : कैलालीको गोदावरी नगरपालिका वडा न. ९ सेहरी कैलालीमा रहेको सरस्वती माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बार्षिकउत्सबको कार्यक्रममा विद्यालय व्यावस्थापन समिति अध्यक्ष दिपेन्द्रबहादूर भण्डारीको सभापतित्वमा संचालित कार्यक्रममको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट रहेका थिए । प्रमुख अतिथि भट्टले स्कुलमा भएको शैक्षिक गतिबिधि राम्रोसँग चलेको र नगरपालिका हरदम साथ र सहयोग गर्न तयार रहेको बताए ।
‘विद्यालय एक मन्दिर हो, विद्यार्थी भाई बहिनी एव् अभिभावकहरुले दैनिक जसो आफ्ना नानी बाबुहरुले के कस्ता क्रियाकलाप गर्दै छन, उनीहरु कुन बाटोमा हिड्दै छन, । सो कुराको जानकारी समेत अभिभावकले राख्नुपर्छ ।’ प्रमुख अतिथि भट्टले भने । ‘विद्यालय एक शिक्षक, विद्यार्थी एव अभिभावकको परिवारमा सबैले राम्रो गर्दै गयो भने शिक्षामा ठुलो फड्को मार्न सकिन्छ, त्यसको लागि तपाई हामी सबैले जिम्मेबार हुन आबश्यक रहेको छ ।’
गोदावरी नगरपालिका भित्र ५६ ओटा विद्यालय हँुदाहँुदै पनि सबै विद्यालयको क्रियाकलाप स्थानीय सरकारलाई जानकारी हुनुपर्ने तर, त्यो हुन सकेको छैन, आगामी दिनमा शिक्षा क्षेत्रको विकास र संबृद्धीका लागि सबैले आपसमा हातेमालो गर्नुपर्ने भएकोले सबै सजक भएर लाग्न नगर प्रमुख भट्टले सुझाव दिए । शिक्षा क्षेत्रको विकासका लागि शिक्षक साथिहरुलाई तालिमको आवश्यक भएकोले सो क्रियाकलापको लागि नगरपालिका र बाह्य संस्थाको सहयोगबाट निकट भविश्यमा तालिम दिलाउने समेत बताए ।
यस्तै गरी कार्यक्रममा विशिष्ठ अतिथिमा नगर उपप्रमुख शारदादेवी रोकाया, विशिष्ठ अतिथिमा रामलाल राना, तिलकबहादूर वोहरा, वेदप्रसाद चौधरी, टेकराज ओझा र निरवहादुर चौधरी रहेका थिए । त्यस्तै गरी अतिथिमा होलुवा चौधरी, मेघनाथ राना, डमरु राना, भजोरीदेवी राना, रामशाही राना, देवी विक, चक्रवोहा सजी, झलकवहादुर सिंह लगायत विद्यार्थी तथा अभिभावकको भेला रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.