बझाङमा मानसिक बिरामी भएकाहरुलाई उपचार पाउन सहज

जगदीश रोकाया
बझाङ १४ मंसिर : बझाङ बुुंगल नगरपालिका–२ गोइचन घर भएका नरबहादुर बोहरा १८ वर्षसम्म टाउकोको समस्याले ग्रसित भए । उपचारको लागी थुर्पै ठाँउ धाए । धेरै विधि उपायहरु गरे कतै निको भएन । उनको समस्या टाउको दुुख्ने काँप्ने चल्ने छटपटि हुने ढल्ने बेहोस हुने मुुखबाट फिज आउने बरबराउने डराउने जस्ता समस्या थिए । गाँउको जंगलमा गाँउलेहरुसंग झगडा भएको बेलादेखि उनको दिमाकमा समस्या आएको रहेछ ।
घरका मान्छे त निरास भएका थिए अब निको हुँदैन मर्छ पागल हुन्छ भनेर बुगल नगरपालिका विजगडाको खिरातडी स्वास्थ्य चौकीमा भेटीएका नरबहादुर बोहराले भने ठिक मान्छे ठिक उपचार भयो भने असम्भव भएको समस्या पनि निको हँुदो रहेछ । अहिले उनी ठिक छन घरको कामकाज गरि आफ्नो जिवन निर्वाह गरिरहेका छन । उनी जस्तै त्यहाँको वडा ४ घर भएकी लक्ष्मीदेवी सिंहको पनि यस्तै समस्या रहेछ । ४२ वर्षकी लक्ष्मीदेवीले पनि अगाडिको कुरा सम्झदै समस्या एक रहेछ उपचार अर्को गरेर दुख पाएको वताइन् । उनका श्रीमानको मृत्युुपछि उनमा यस्तो मानसिक समस्या रहेछ । बुुंगल नगरपालिकामा यी दुुई जना मात्र हैन अहिले ६२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु उपचार प्रक्रियामा छन ।
बुंगल नगरपालिकामा युुनाइटेड मिसन टुु नेपाल युुएमएनको आर्थिक तथा प्राविधिक सहयोगमा दलित सहयोग समाजसंगको साँझेदारीमा मानसिक स्वास्थ्य परियोजना लागुु भएपछि यस क्षेत्रका मानसिक समस्या भएका व्यक्तिहरुको पहिचार र उपचार हुन थालेको हो ।
सरकारीतहबाट ढिला सुुस्तुु भइरहेको मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार प्रकृयामा गैरसरकारी संस्थाहरुको सहयोगले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले उपचार पाउन सहज भएको बुंगल नगरपालिका स्वास्थ्य शाखा कर्मचारी भुुमिराज जोशीले जानकारी दिए । उनले भने, ‘युुएमएनसंगको साँझेदारीमा दलित सहयोग समाज संस्थाले बुुंगल नगरपालिकामा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाइ मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान र उपचार गर्ने तरिकाको तालिम र औषधी खरिद गरि दिए पछि यहाँका मानसिक रोगीहरुले उपचार पाउन सहज भएको हो ।
मानसिक स्वास्थ्य समस्याको उपचार र पहिचान सम्वन्धि दलित सहयोग समाजले काम गर्न थालेपछि यसको प्रभाव राम्रो भएको हुँदा अहिले नगरपालिकाले पनि यस क्षेत्रमा रकम विनियोजन गरि थप सहयोग गर्दै आएको छ । मान्छेको जिवनमा आइलाग्र्ने घटना परिवेश परिस्थितिले मानसिक समस्या हुने हुदाँ यस्ता खालका घटना अवस्था परिवार समाजमा नआउन दिन समुुदायमा संस्थाले आमा समुुह गठन गरि सामाजिक सद्भाव गर्ने विभेद हटाउने जस्ता सचेतनात्मक कामहरु पनि सस्थाले गर्ने थालेको छ । मानसिक समस्या पुुरुष भन्दा महिलामा बढी देखीएकाले महिलाहिंसाका गतिविधिहरु न्युुनीकरण गर्ने जस्ता कार्यक्रमहरु पनि बुंगल नगरपालीकामा संस्थाबाट संचालन हँुदै आएका छन ।
मानसिक समस्यामा परेका उपचारपछि निको भएका व्यक्तिहरुलाइ आयआर्जनका लागी पनि संस्थाले सहयोग गर्दा यस्ता व्यक्ति परिवाजन खुशी भएका छन । बुंगल नगरपालिका लगायत थलारा गाँउपालिकामा पनि दलित सहयोग समाजबाट यस्तै मानसिक स्वास्थ्य परियोजना लागुु हुदाँ थलारा क्षेत्रका बासिन्दाहरु पनि यस्तो समस्याको उपचारबाट लाभान्वित भएका छन ।
जिल्लाभरी मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुको संख्या पनि बढ्दै गएको हुदाँ नेपाल सरकारले पनि यो विषयलाइ उच्च प्राथमिकता दिएर अहिले थप यस क्षेत्रमा काम भइरहेको जिल्ला स्वास्थ्य कार्यलयका मानसिक स्वास्थ्य फोकल व्यक्ति नारायण जोशीले जानकारी दिए ।
जिल्लामा दुुइ दसक देखि लागुु भएको युएमएन अन्तराष्ट्रिय गैर संरकारी संस्थाले जिल्लाका स्थानीय गैरसरकारी संस्थाहरु संगको साँझेदारीमा जिल्लामा स्वास्थ्य, कृषि, जलवायुु, आजआर्जन शिक्षामा सुधार र सामाजिक विभेद हटाइ गरिबी निवारण र समुुन्त समाज निर्माण गर्न थुर्पै कामहरु गर्दै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.