मृत भेटिएका सिलगढीका समीरको शव आफन्तले बुझेनन्, ३ जना पक्राउ

अत्तरिया : मृत अवस्थामा फेला परेका डोटीका ३० वर्षीय समीर भट्टको शव आफन्तले अझै बुझेका छैनन् । दिपायल सिलगढी नगरपालिका–५ का भट्ट पुन्नास्थित सडकको नालीमा मृत फेला परेका थिए । मङ्गलवार बिहान मृत पाइएका उनको हत्या गरिएको भन्दै आफन्तले शव उठाउन नमानेका हुन् ।

घटनाको ५ दिन भइसक्दा पनि प्रहरीले अझै हत्यारालाई कानुनको दायरामा ल्याउन नसकेको मृतकका भाइ डिल्ली भट्टले बताए । उनले दाइको हत्या नै भएकाले प्रहरीले छिटोभन्दा छिटो अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए । मृतकका आफन्तले हत्यारा पत्ता लगाई न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन् । पोस्टमार्टम गरिएको समीरको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको बताए । बिहीबार म्याद थप गरी उनीहरुमाथि अनुसन्धान थालिएको बताइएको छ । पक्राउ परेकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.