अत्तरिया : नेपाल प्रहरीका एक हवल्दारलाई भारतमा अभद्र व्यवहार गरिएको छ । मंगलबार कैलाली पारी नेपाल(भारत सीमाको बजार गौरिफन्टामा हवल्दारलाई अभद्र व्यवहार गरिएको हो ।
सुरक्षा स्रोतका अनुसार कैलाली प्रहरीका हवल्दार विष्णु कोलीलाई भारतीय क्षेत्रमा त्यहाँका स्थानीयले अभद्र व्यवहार गरेका हुन् । एक गुप्ता थरका तस्करले आफूलाई नेपालमा ती हवल्दारले चेकजाँच गर्ने गरेको निहुँमा भारतीय बजारमा अभद्र व्यवहार गरेको छ । नेपाल प्रहरीको ड्रेसमै पारी छिरेका हवल्दारलाई अभद्र व्यवहार भएको हो ।
उनी आफन्तलाई बससम्म छोड्न गौरीफन्टाको बसपार्कसम्म पुगेका थिए । उनलाई त्यहीँबेला यस्तो भएको जनाएका छ । तर पछि त्यहाँको प्रहरीले निज अभद्र व्यवहार गर्नेलाई माफी मगाएर घटना मिलाएको बुझिएको छ ।