Agni Offset Press

उद्योग वाणिज्य संघ अछामका अध्यक्षको निधन

Aarati simant

अछाम : अछाम उद्योग वाणिज्य संघका अध्यक्षको निधन भएको छ। हृदयाघातका कारण संघका अध्यक्ष महेन्द्र कडायतको बुधवार मृत्यु भएको हो।

बुधवार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पु¥याउने बित्तिकै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए।

साँफेबगर नगरपालिका–८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए। बिहीवार उनको अन्त्येष्टि गरिने छ। शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीवार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.