Agni Offset Press

कैलाली र कञ्चनपुरमा प्रहरीको अवैध असुली धन्दा

Aarati simant

धनगढी : कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) का प्रमुखसहितका सादा पोशाकका प्रहरीहरुले अबैध असुली धन्दा चलाएको आरोप लागेको छ ।
नेपाल पत्रकार महासंघ कैलाली शाखामा बेनामी निवेदन पेश गर्दै आरआईटीका प्रमुख प्रहरी परिष्ठ नायब निरीक्षक डेनी स्वाँर समेतका प्रहरी कर्मचारीले असुली धन्दा चलाएको भन्दै कारवाहीको माग गरिएको छ ।
उक्त पत्रमा प्रहरीको सुदूरपश्चिम आरआईटी, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयको सादा पोशाकका प्रहरीले असुली धन्दा चलाएको भन्दै नाम नै उल्लेख गरिएको छ । पहिलो नम्बरमा वरिष्ठ सई डेनी स्वाँर, दोस्रोमा असई अनिल बिष्ट, तेस्रोमा असई मदन उपाध्याय, पाँचौँमा वरिष्ठ सई रमेश खड्का तथा केही वरिष्ठ र सहायक हवल्दारका नाम उल्लेख गरिएको छ ।
उनीहरुले तस्करबाट पैँसा उठाउने, रातिको समयमा भारतबाट मालसामान ओसार प्रसार गराउने जस्ता काम गर्दै आएको दाबी गरिएको छ । तर पत्रमा प्रहरीका प्रमुखहरुको भने बचाउ गरिएको देखिन्छ । उनीहरुले प्रहरीका हाकिमहरुलाई गुमराहमा राखेर बदनाम गराउने काम पनि गरिरहेको भन्दै प्रमुखहरुको बचाउ गरिएको छ । कतिसम्म भने सादा पोशाकमा रहेका प्रहरीहरुले चोरीका मोटरसाइकल समेत प्रयोग गर्ने गरेको दाबी गरिएको छ । पत्रकार महासंघमा पुगेको बेनामी पत्र महासंघले पत्रकारको समूह मार्फत सार्वजनिक गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.