चुरे गाउँपालिकाद्वारा बाढीपहिरो पीडितलाई सोलार वितरण

अत्तरिया : कैलालीको चुरे गाउँपालिकाले बाढीपहिरो पीडितहरुलाई सोलार वितरण गरेको छ । पालिकाले आईतबार गाउँपालिकाक्षेत्रमा रहेका बाढीपीडितहरुलाई सोलार वितरण गरेको हो ।
पालिकाले आईतबार वडा नं. ४ बालुवागडामा रहेका १८ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिए ।

उनले पालिका भित्र रहेका ३० वटा बाढीपहिरो पीडित परिवारलाई सोलार वितरण गरिने बताए । त्यसमध्ये ४ वटा परिवारलाई केही समय अगाडी नै सोलार वितरण गरिएको उनको भनाई छ ।
उनले खानीडाँडाको राजमार्ग छेउमा रहेका ८ परिवारलाई सोलार वितरण गर्न बाँकी रहेको बताए । उक्त सोलारहरु ५० वाटको र ब्याट्रि ३५ वाटको रहेको अध्यक्ष बोगटीले बताए । उनले बाढी पिडितहरु अझै पनि अध्यारोमै बस्न बाध्य भएकाले उनिहरुको सहजताका लागि सोलार वितरण गरिएको बताए । ‘

बाढी पहिरो पीडितहरुलाई आफ्नो थातथलो छोड्नुपर्दाको पिडा एकातिर छ भने अर्कातिर हालसम्म पनि कुनै निकायबाट सुनुवाई हुन नसक्दाको पिडा छ । विस्थापित भएको ४÷५ वर्ष पुग्नै लाग्दा सम्म पनि त्रिपालमुनी कस्टकर जिवन जिउन पहिरो पीडितहरु बाध्य बनेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.