विद्युत् सर्ट हुँदा अत्तरियाको एक पसलमा आगलागी

अत्तरिया : कैलालीको अत्तरिमा एक पसलमा आगलागी भएको छ। गोदावरी नगरपालिका–१ भरतपुर टोलस्थित रामजानकी मन्दिरको गेट नजिकैको जयश्री वेद जनरल स्टोरमा विद्युत् सर्ट भई सोमबार साँझ आगलागी भएको हो। पसल सञ्चालक बन्द गरेर घर गइसकेका थिए।

आगलागी भएको स्थानीयले देखेपछि सटरको ताल्चा तोडेर स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.