कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

अत्तरिया : कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-३ गोराङ्गे स्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका-६ जगतपुरका ६० वर्षीय देवबहादुर शाहको मंगलवार साँझ मृत्यु भएको हो। उक्त ट्याक्टरमा ढुङ्गा लोड गरी जगतपुर जाने क्रममा सोही ट्यक्टरबाट शाह खसेर गम्भिर घाईते भएका थिए।

घाईते भएका शाहलाई उपचारको लागि लालरत्न अस्पताल लम्की हुँदै थप उपचारको लागि टिकापुर अस्पताल लैजाने क्रममा शाहको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। ट्याक्टर चालक जानकी गाउँपालिका-६ जगतपुरका ३६ वर्षीय दयाशंकर चौधरीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको चन्दले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.