बझाङ-काठमाडौ रुटमा स्तरीय बस सेवा शुरु

काठमाडौ : सार्बजनिक यातायातमा नेपालकै अग्रणी संस्थाको रुपमा स्थापित सुन्दर सुदूरपश्चिम यातायात प्रालिले बुधबारदेखि बझाङ-काठमाडौ रुटमा स्तरीय सेवा सहितको एसी बस संचालनमा ल्याएको छ । बस सेवाको आज बझाङ जिल्लाका जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण बिष्ट र जय पृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले उदघाटन गरेका छन ।

तराईका रुटहरुबाट स्तरीय सेवा दिदै आएको प्रालिले आजबाट पहाडी क्षेत्रका यात्रुहरुलाई समेत स्तरीय सेवा दिन पाउदा खुशी लागेको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए । २०४० सालदेखि सार्वजनिक यातायातको सेवा दिदै आएको प्रालिले हाल धनगढीबाट देशका सबैजसो स्थानहरुमा स्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउदै अध्यक्ष सापकोटाले छिट्टै बाजुराबाट समेत एसी बस सेवाको शुभारम्भ गरिने प्रतिबद्धता गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.