अत्तरिया : गोदावरी धाम विकास समितिले गोदावरी नगरपालिकाको सहयोगमा बाटो निर्माण देखि स्नान कुन्ड निर्माण सम्मको संरचना बनाउन थालेको छ । यो बर्ष को बर्षातमा आएको बाढीले गोदावरी तहसनहस बनेको थियो ।
माघि स्नानको लागि ठुलो संख्यामा भक्तजन आउने भएकाले त्यसको तयारी को लागि शिव मन्दिर जाने बाटो निर्माण, कुम्भ बाटिका क्षेत्रको ग्राउन्ड सम्याउने कार्य हुन थालेको समितिले जनाएको छ । हरेक बर्ष गोदावरीमा माघी स्नानको लागि बाह्र राषी मकर मेला लाग्दै आएको छ ।