कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान प्रहरीद्वारा बरामद

अत्तरिया : कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका २ कृष्णनगरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ६५ हजार ७ सय ६० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको सुर्ति, तमाखु, चिनी, सोडा, चामल, आन्टि लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ। यस्तै धनगढी उपमहानगरपालिका ३ पुरानो भन्सार रोडबाट अन्दाजी ४९ हजार ५ सय मूल्य बराबरको सिमला मिर्च, हरियो मटर, प्याज, कागती लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ चक्कि बजारबाट अन्दाजी ४ हजार २ सय ५० मूल्य बराबरको चिनी बरामद गरिएको छ। बुधवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.