धनगढी, २० पुस : बाजुरेली सेवा समाजको आयोजनामा धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ । बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ गतेदेखि धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने भएको हो ।
शुक्रबार धनगढीमा एक पत्रकार सम्मेलन कार्यक्रम गर्दै समाजले पुस २० गते देखि २५ गते सम्म प्रतियोता टिम दर्ता गराउन आग्रह गरेको छ ।
भुवा पर्व परापुर्वकालमा खाजु प्रान्त राज्यको विषयलाई लिएर पाँच भाई पाण्डप र सय भाई कौरव विचको लडाई भारतको हरियाणा राज्यको कुरुक्षेत्रमा भएको छ । त्यसलाइ पाँच पाण्डपले विजय हासिल गरेको र असत्य माथि सत्यको जित भएको हुदाँ, सो पश्चात देखि खुसियालीका रुपमा उक्त लडाईमा गरिएको साधन ढाल र तरवालहरु नचाई खेलीने खेललाई भुवा पर्वका रुपमा मनाईदै आएको ईतिहास छ ।
विषेश गरि सुदूरश्चिमका पहाडी जिल्ला, बाजुरा, डोटी, अछाम, बझाँग, जिल्लामा आ–आफ्नै संस्कार अनुसार भुवा पर्व मनाईदै आएको छ । पछिल्लो वर्षहरुमा पहाडबाट तराईका जिल्लाहरुमा बसाई सराई गरेर आएका समुदायमा पनि निरन्तर रुपमा मनाइदै आइको छ । खासगरी बाजुरमा मुख्य पर्वकारुपमा मनाउदै आएको भुवा पर्व पौष महिनाको कृष्णपक्षय चतुर्दशीको राति मुढा जलाइ राँका बालेर मनाउदै आएको भुवा पर्वलाइ बाजुरेली सेवा समाजले कैलाली जिल्लामा कृष्णपक्षयको औषीदेखी दुजसम्म बिगतका वर्षदेखी निरन्तर रुपमा यो पर्व मनाउदै आएको छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले बताए । उनले कैलाली र कञ्चनपुरमा बसोबास गर्ने बाजुरालगायत भुवा पर्व मनाउनेहरुलाई प्रतियोगितामा सहभागिताका लागि समाजले आग्रह समेत गरेको छ ।
प्रतियोगिता सहभागी हुने टिम दर्ता शुल्क ९ सय ९९ रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा प्रथम, दृतीय, तृतिय हुने टिमलाई पुरस्कार, प्रमाण पत्र, प्रशंसा पत्र, भुवा प्रदर्शनी हुने बाजुरेली सेवा समाजले जनाएको छ । प्रतियोगिता पौष २६ देखि २८ सम्म हुने भएको हो ।
सम्बन्धित पाेस्टहरु