महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन मेयर भट्टको आग्रह

अत्तरिया : कैलालीको अत्तरिया यही पौष २६ गते देखि संचालनमा लाग्दै गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा स्थानिय जनताबाट उत्पादित बस्तु तथा सामग्रीको प्रबद्र्धनका लागि स्थान दिन अत्तरिया उद्योग बाणिज्य संघका कार्य समितिलाई गोदावरी नगरपालिकका नगर प्रमुख बिरेन्द्र भट्टले आग्रह गरेका छन् । यस क्षेत्रमा कृषि उत्पादन सँगै साना तथा मझौला उद्योगहरुबाट उत्पादित सामग्री बजारमा ल्याउन यस्ता खाले मेला महत्सवले सहयोग पुग्नेमा आफू विश्वस्त रहेको भट्टले बताए ।

शनिबार दिउसो महोत्सवका लागि लामिताल परिषरमा स्टेज तथा स्टल निर्माण तयारी हुदै गर्दा संस्थाका प्रतिनिधि सँगको छलफलमा निर्देशन गरेका हुन । सुदूरपश्चिम प्रादेशिक महोत्सवमा कलाकार र दर्शका लागि रमाईलो मात्र नभएर यस क्षेत्रको पर्यटन प्रबर्दनका लागि लामितालमा डुंङ्गामा सयर गर्न सकिने अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्यान सिंह बोहराले बताए । बिगतका कमीकमजोरीबाट पाठ सिक्दै यस भेगका उद्यमहरुको प्रवद्र्धन गर्दै सांस्कृतिक पहिचानसहितको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी हामीले गरेका छौँ । अध्यक्ष बोहराले भने (यसका लागि कुनै व्यक्ति वा पक्ष मात्रै लागेर हुँदैन सिँगो टिमनै लागेका छौं ।
वास्तवमा महोत्सव प्राचीनकालिन हाटबजारको आधुनिकताको स्वरुप हो। आफ्ना उत्पादनलाई बजारीकरण गर्नु नै यसको मुल उद्येश्य हो। यध्यपी यसको स्वरुपमा भने अहिले व्यापक परिवर्तन आएको छ। सुदूरपश्चिम सँगै अत्तरियामा लाग्दै गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको मुल ध्येय पनि यही नै रहेको छ, यस महोत्सवमा स्थानिय उत्पादनलाई बजारीकरण गर्नु नै मुख्य उद्देश्य रहेको देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.