रेकर्डिङ स्टुडियो उद्घाटनमा वन तथा वातावरण मन्त्री रमेश धामी

अत्तरिया : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावाण मन्त्री रमेश धामीले अत्तरियामा नयाँ रेकर्डिङ स्टुडियो उद्घाटन गरेका छन् । कैलालीको जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत अत्तरियामा शनिवारबाट आलिशा रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको हो।
सुदूरपश्चिमको गीत–सङ्गीतमा टेवा पु¥याउने उद्देश्यले अलिसा रेकर्डिङ स्टुडियो सञ्चालन गरिएको हो। पर्यटन मन्त्री धामीले स्टुडियो सुदूरपश्चिमको कला, संस्कृतिको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण हुने बताए।

करिब १५ लाखको लागतमा सञ्चालनमा आएको यो स्टुडियोले कला र संस्कृति संरक्षण सँगै गीत सङ्गीतको उत्पादन तथा बजारीकरणमा सहज हुने अपेक्षा गरिएको छ। सञ्चालिका कृष्णा सिडारीले भनिन्, ‘म निरन्तर गीत–सङ्गीतमै छु। सुदूरपश्चिमका हामीले यो क्षेत्रमा भोग्नु परेको पीडा राम्रो सँग बुझेकी छु। सुदूरपश्चिममा गीत रेकर्डका लागि गतिलो स्टुडियो नभएर काठमाडौँ जानु पर्ने बाध्यता छ। भएको पैसा आते जाते सकिन्छ। जसले गर्दा भने जस्तो काम गर्न सकेको अवस्था छैन। अब त्यसको अन्त्य हुने छ भन्ने विश्वास लिएका छौ।’ सुदूरपश्चिमकै स्तरीय रेकर्डिङ स्टुडियो सञ्चालनमा आए सँगै सबैले अवसर पाउने तथा सङ्गीतकर्मी बढ्ने दाबी उनको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.