सुदूरपश्चिममा एमालेले टुंग्यायो उम्मेदवार

अत्तरिया : नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ। सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुंग्याएको हो।

महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.