अत्तरिया : डडेल्धुरा जिल्लाका एक युवा परिवारको सम्पर्क बिहिन बनेका छन । अमरगढी नगरपालिका वडा नं ४ खलङ्गा १८ बर्षीय सन्तोष चुनारा घरबाट हराएका छन । असोज २५ गते घरबाट निस्केका चुनारा अहिलेसम्म परिवारको सम्पर्क बिहिन बनेको चुनाराका बुबा ठगी चुनाराले बताए ।
सन्तोष चुनाराका बुबा ठगी चुनाराले परिवारको बिचमा कुनै पनि किसिमको झै झगडा नभएको बताए । आफैसँग काम गर्दागर्दै भागेको उनको भनाई थियो । बिहे गरेको छ,भने पनि हामी स्विकार्ने तयार रहेको र सम्पर्क आउन आग्रह गरि रहेका थिए । खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी समेत दिएको उनले बताए ।
त्यस्तै सन्तोश चुनाराकी आमा कमलीदेवी चुनाराको पनि घरको एक्लो छोरा भएकाले भारत र नेपाल धेरै क्षेत्रमा खोजी तलासी गर्दा पनि नमिलेको बताए। छोरा खोज्न २३ लाख खर्च भई सकेको उनको भनाई छ । हाल सम्म पनि घरपरिवारसग सम्पर्क नभएको कारण फेला पार्नुहुने व्यक्तिहरुले प्रहरीकोमा वा आफन्तको मोवाईल नम्बर ९८६८४९००३७,९८६८७२९८०९ मा फोन गरि सहयोग गर्न परिवारले सबैसँग याचना गरेको छ ।
सम्बन्धित पाेस्टहरु