अत्तरिया, २४ पुस : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा बसोबास गर्ने व्यवसायी ज्ञानेन्द्र खड्काले आफ्नो जन्म दिन महिला बालबालिका सेभ हाउस मनाएका छन ।
बडिमालिका रिकन्डिसनका संचालक खड्काले आफ्नो परिवार सहित सेभ हाउस उपस्थिति भएर बालबालिकासंग मनाएका हुन । उनले झण्डै १ लाख बराबरको खाद्यान्न लुगा कपडा समेत दिएका छन ।
खड्काले चामल, न्यानो लुगा, स्कूल ब्याग, जुत्ता लगायतका सामग्रीहरु सेभ हाउसकी सन्चालिका जानकी मलासीलाई हस्तान्तरण गरेका हुन ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा अनाथ बालबालिकालाई सानो सहयोग गर्न गरेको खड्काले बताए । खड्काले गरेको सहयोग सेभ हाउसको लागी निकै सहयोगी बन्ने मलासीले बताइन् । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिन् । यस्तै खड्काले अनाथ बालबालिकाहरुलाई मासु चिउराको समेत व्यवस्था गरेका थिए ।
अत्तरिया उद्योग बाणिज्य संघका कार्य समिति सदस्य समेत रहेका खड्काको जन्म दिन मनाउन अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिं बोहरा, बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, उपाध्यक्षद्वय चेतराज पन्त, फागुरामा चौधरी, महासचिब शंकर खड्का, सचिब दिपन साउँद, कोषाध्यक्ष हेम भण्डारी लगायत संस्थाका कार्यसमितिका सदस्यहरुको सहभागीता रहेको थियो ।
यस्तै जन्मोत्सव समारोहमा अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशी, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष उत्तम कडायत, पद्मा अस्पतालका प्रबन्ध निर्देशक डाक्टर नरबहादुर मौनी, होटेल व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष धना चोखाला लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
