अत्तरिया : उपमहानगरको शिक्षा सुधारका लागि धनगढी उपमहानगरपालिकाले काठमाण्डौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । बुधबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र विश्वविद्यालयका उप–कुलपति प्राध्यापक डा। भोला थापाले पाँच वर्षका लागि तयार गरिएको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाले यसवर्ष घोषणा गरेका ५ वटा विद्यालय र अर्को शैक्षिक शत्रबाट थपिदै जाने विद्यालयहरुलाई नमुना बनाउन सम्झौता भएको हो । धनगढी उपमहानगरपालिकाले यो वर्ष वडा नम्बर ११ को ठेकराज माध्यामिक विद्यालय, वडा नम्बर १२ को सिद्धनाथ, वडा नम्बर १६ को बेहडाबाबा, वडा नम्बर १८ को चन्द्रोदय र वडा नम्बर ९ को भवानी माविलाई नमुता विद्यालय घोषणा गरेको छ ।
गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप–महानगरपालिकाबिच सहमति भएको मेयर हमाले बताए । पहिलो वर्षमा पाँच वटा विद्यालयहरू छनौट गरि कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सहमतिमा उल्लेख छ । धनगढी उपमहानगरपालिकाले हरेक वर्ष ५ विद्यालय थप्दै नमुना विद्यालय बनाउने नीति लिएको छ । यस कार्यकालभरी १९ वटै वडामा एक÷एक नमुना विद्यालय बनाउने उपमहानरको नीति छ ।
गत शैक्षिक शत्रमा उपमहानगरका १७ सामुदायीक र एक नीजि विद्यालयको आधारभूत तहको नतीजा सुन्य आएपछि उपमहानगरले शिक्षामा बढी ध्यान दिएको हो ।