अत्तरियामा कार्यालय रहेको सर्वोत्तम पेन्ट्सले शेयर जारी गर्ने

अत्तरिया, ४ माघ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा प्रधान कार्यालय रहेको सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको साधारण सभाले शेयर निस्कासन गर्ने निर्णय गरेको हो ।
साधारण सभाले कम्पनीको उत्पादन क्षमता बढाउने र बजार विस्तार गर्ने निर्णयसमेत गरेको छ । हाल कम्पनीको अधिकृत ३० करोड बनाउने निर्णय गरिएको छ ।

कम्पनीका सञ्चालक शिवसिंह कार्कीले साधारण सभाबाट बोनस शेयर वितरण गर्ने निर्णय भएको जानकारी दिए । उनले कम्पनीले चुक्ता पुँजीको ३७ दशमलव ६३ प्रतिशतले हुन आउने रकमको बोनस शेयर वितरण गर्ने निर्णय भएको बताए । कम्पनीले २० प्रतिशत शेयर कर्मचारी र सर्वसाधारणका लागि जारी गर्ने निर्णयसमेत गरेको छ ।

साधारण सभाबाट कर्मचारी तथा सर्वसाधारणका लागि शेयर जारी गर्न कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डमा सूचीकृत गराउने निर्णय भएको कार्कीले बताए । सर्वोत्तम पेन्ट्स सुदूरपश्चिमको पहिलो लिमिटेड कम्पनी रहेको र देशभर कम्पनीको डिलर विस्तार भइरहेको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.