अत्तरिया, ४ माघ : गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । बिहीबार संस्थाले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाकी अध्यक्ष यादी रावतको सभापतित्व सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर बम रहेका थिए ।
वमले सहकारी भनेको सदस्यहरुको दैनिक आयआर्जनको स्रोत हो जुन सहकारीले मानिसको जीवनमा सुधार ल्याउन सर्वसुलभ सेवा उपलब्ध गराउँदै आइरहेको बताए । उनले सस्थाले साहुमहाजन चर्को ब्याजको प्रथाबाट मुक्ति दिलाउन निम्ति सहकारीहरुको स्थापना भएको बताए ।
सभामा बोल्दै प्रदेश सभा सदस्य तुलसी देवकोटाले श्रमिक संस्थाले आफ्ना सदस्यहरुलाई एकदमै न्यून सहुलियत ब्याजदरमा ऋण प्रदान गर्दै सदस्यहरूलाई जीविकोपार्जन गर्न सफल बनाएको बताइन् । सहकारीको माध्यमबाट दिदीबहिनीहरुको संगठित हुने अवसर पाएको बताइन् ।
सभामा सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष यादी रावतले अत्तरिया क्षेत्रमा न्युनआयस्तर भएका श्रमिकहरुलाई संगठित गर्दै २०६९ सालमा २६ जना सदस्यहरू मिलेर २६ हजार २ सय पुँजीबाट संचालनमा ल्याइएको सहकारी संस्थामा आ.व २०७९\०८० मसान्तसम्म आइपुग्दा ६ सय ७३ जना शेयर सदस्यहरु आबद्ध रहेको बताईन् । यसैगरी यस सहकारी संस्थाले शेयर सदस्यहरुबाट २०७९\०८० मसान्त सम्ममा ६४ लाख ९२ हजार ४ सय रुपैयाँ शेयरपुँजी संकलन भएको बताईन् । संस्थाले आ व २०७८\०८० मा २ करोड २३ लाख २२ हजार रकम बराबरको आर्थिक कारोबार गरे संगै एक वर्षको अवधिमा सम्पूर्ण खर्च कटाई ४ लाख ४४ हजार ३ सय ११ रुपैया मुनाफा आर्जन गर्न सफल भएको उनले बताईन् । यसै गरी उनले यस आर्थिक वर्ष २०७९\०८० मा संस्थाले ६६ लाख ५७ हजार ८ सय ३० रुपैयाँ बराबरको निक्षेप संकलन गरेको र संस्थाले ऋणमा १ करोड ९१ लाख ९ हजार बराबरको लगानी गरेको बताईन् ।
संस्थाकी सचिव सरस्वती पण्डितले सञ्चालन गरेको सभामा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नन्द राम भण्डारीले गरेका थिए । कार्यक्रममा नेफोनका अध्यक्ष टीकादत्त जोशी, जिल्ला सहकारी संघका अध्यक्ष फणिराज सापकोटा, इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक बासुदेव भट्ट, लगायत विभिन्न संघ÷संस्थाका पदाधिकारी, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु